
काठमाडौं । ६ वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) को पारिश्रमिक सार्वजनिक गरेका छन् । बैंकहरुले वार्षिक प्रतिवेदनमा सिईओको पारिश्रमिक सार्वजनिक गरेका हुन् ।
पारिश्रमिक सार्वजनिक गर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसिया बैंक रहेका छन् । यी बैंकले गत आर्थिक बर्षको साधारणसभा पनि गरिसकेका छन् ।
बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृतको सबैभन्दा बढी तलव सुविधा रहेको छ । यस बैंकका सीइओको बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक रहेको छ । दोस्रोमा कुमारी बैंकले २ करोड १४ लाख ६३ हजार दिने गरेको छ । त्यस्तै एनआइसी एसिया बैंकका सीइओको बार्षिक २ करोड १३ लाख ६७ हजार रुपैयाँ तलव सुविधा रहेको छ भने सानिमा बैंकले आफ्नो प्रमुख कार्यकारीलाई २ करोड ८ लाख ३९ हजार रुपैयाँ दिएको छ । माछापुच्छ्रेले १ करोड १७ लाख ९८ हजार र सिटिजन्स बैंकले ९२ लाख १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ।
जसमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा भने जोडिएको छैन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्