काठमाडौं – चिनियाँ ह्याकरहरुको उच्च अदालत पाटनको वाणिज्य इजलासमा बयान सुरु भएको छ । गत भदौ १४ गते बैंकका एटिएम ह्याक गरी १ करोड ८७ लाख ९६ हजार ५ सय रुपैयाँ निकाल्ने कार्यमा संलग्न ८ जना ह्याकरहरुको उच्च अदालत पाटनमा बयान सुरु भएको हो ।
अभियुक्तहरुको बयान सकिएपछि अदालतले उनीहरुलाई पुर्पक्षमा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ। प्रहरीले फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिकहरू लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यू युनक्विङ, चेन बिनबिन र मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई ह्याकिङमा संलग्न भएको आरोप लगाउँदै अभियोगपत्र पेस गरेको छ।
अभियोग पत्रमा उनीहरुले ‘बैंकिङ कसुर र सजाय ऐन २०६४’ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ।ऐनको दफा ५ मा उल्लेख भएको अनाधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने कसुर उनीहरुले गरेको बताइएको छ।
सोही अनुसार सरकारी वकिलको कार्यालयले कैद र बिगो मागदाबी गरेको छ। कार्यालयले बिगो भराई दफा १५ को (घ) बमोजिम १ करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद हुने सजाय उल्लेख भएकाले सोही अनुसार ६ वर्षसम्म कैदको माग गरी उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्