×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीदेखि सांसदसम्मले पहिलोपटक दशैंभत्ता पाउने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मन्त्रीदेखि सांसदसम्मले पहिलोपटक दशैंभत्ता पाउने !

१४ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले पहिलो पटक मन्त्री र सांसद्हरुलाई दशैं भत्ता दिने निर्णय गरेको छ । ओली सरकारले पहिलो पटक यस्तो निर्णय गरेको हो । भदौं ३१ गते मन्त्रीपरिषद्को बैठकले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, संघीय संसद्का सदस्य तथा मन्त्री तथा सांसद्को सचिवालयमा कार्यरत कर्मचारीले दशैं खर्च बराबर एक महिनाको बराबरको तलब भत्ता पाउने भएका हुन् । 
यद्यपि सरकारले तलब बढाउने र दशैं खर्च दिने निर्णय भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन । साउन १ देखि नै लागु हुने गरी सरकारले उपप्रधानमन्त्रीको तलब १६.०१ प्रतिशतले बढाएको छ थियो । मन्त्रीको तलब १६ प्रतिशतले बढेको छ । मन्त्रीले अब मासिक ७० हजार ७३० रुपैयाँ तलब पाउने भएका छन् । यता अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा प्रतिनिधिसभाका समामुख र राष्ट्रियसभाका अध्यक्षको तलब भने बढेको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: