
काठमाडौँ । २ करोड ६७ लाख नगद र ३ लाखको चेकसहित गत शनिवार पक्राउ परेका भीआईपी जुवाडेहरुलाई रिहा नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई रिहा नगरी साथमै राख्न आदेश दिएको हो ।
महाराजगञ्जस्थित जुवाखालबाट गत शनिवार २५ जनालाई पक्राउ गरेको थियो । ति मध्ये ६ जना भीआईपी रहेका थिए । उनीहरुबिरुद्ध आइतबार अदालतमा बन्दी प्रत्यक्षीकरण को रिट दायर भएपछि रिटको सुनुवाई गर्दै अदालतले रिहा नगर्न आदेश दिएको हो ।
पक्राउ परेका मध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा अदालत गएका थिए।
प्रहरीले उनीहरु जुवा खेलिरहेको जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्