![](https://1.bp.blogspot.com/-QfnwBMhXEVU/XZm2M5vcOWI/AAAAAAABSYs/uDOHhP2RbWs11XMW3IxNQzpHd1FBzuIugCLcBGAsYHQ/s640/mahara.jpg)
काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
आईतबार काठमाडौं जिल्ला अदालतका न्यायाधिश बाबुराम सुवेदीको एकल इजलासले कार्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो । संसद सचिवालयकी कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनु भएका महरामाथि अनुसन्धान भईरहेको छ ।
यसअघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद गुज्रिएपछि अदालतले पुन अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद थप गरिदिएको हो ।