
काठमाडौं । नविकरण शुल्क तिरेपछि ७ विकास बैंकसहित ३२ वटा कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वार्षिक नवीकरण शुल्क नबुझाएका कारण आइतबारदेखि लागु हुनेगरी १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेकाअनुसार आज ७ विकास बैंकसहित ३२ वटा कम्पनी बार्षिक शुल्क तिरेर नविकरण गरेसँगै कम्पनीहरुको सेयर कारोबार खुल्ला भएको हो ।
कारोबार खुल्ला भएका कम्पनीहरुमा ग्रिन डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, एनएमबि माइक्रोफाइनान्स, यूनिलिभर नेपाल, गुँरास लघुबित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सोल्टी होटल, अपी पावर कम्पनी, प्रभु इन्स्योरेन्स, यूनाइटेड मोदी हाईड्रोपावर, चिलिमे हाईड्रोपावर कम्पनी, बरुण हाईड्रोपावर, कन्चन डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, इन्फिनिटी लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, मुक्तिनाथ विकास बैंक, आरम्भ माइक्रोफाइनान्स, सिभिल लघुवित्त, यूनाइटेड फाइनान्स, हिमालयन पावर पार्टनर, सामुदायिक लघुवित्त वित्तीय संस्था, ओमी माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था, युनिभर्स पावर, कर्णाली विकास बैंक रहेका छन् ।
आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिना भित्रमा वार्षिक नवीकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेमा नविकरण शुल्क नबुझाएको भन्दै ८१ वटा संस्थालाई नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ विनियम १६ (१)बमोजिम कारोबार रोक्का गरेको हो । नेप्सेले आइतबारदेखि १९ वटा माइक्रोफाइनान्स कम्पनी, व्यापार समूहका ३, होटल २, अन्य २, उत्पादन मुलक ११, विकास बैंक १८ वटा, बीमा २ वटा, वित्त कम्पनी ११ र जलविद्युत कम्पनी १३ वटाको करोबार रोक्का गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्