
काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा सीको भ्रमणको तयारीलाई बिथोल्ने गतिविधि गरेको भन्दैगोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।
प्रहरीले यसअघि पनि सीको स्वागतमा भइरहेको तयारी विथोल्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सामान्य सोधपुछ गरी छाडेको थियो ।
सी आगामी शनिबार नेपाल भ्रमणमा आउने भएका हुन् । सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्