Skip to content
LAXMI SUNRISE BANK

१२ करोड अवैध रकमसहित रुपन्देहीको सैनामैनाबाट ५ जना पक्राउ !

अर्थ सरोकार

काठमाडौं– प्रहरीले १० लाख अवैध युरोसहित रुपन्देहीको सैनामैनाबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् ।  
उनीहरुसँग भएको १० लाख युरो नेपालको १२ करोड ८० लाख रुपैयाँ बराबर हुने बताइएको छ । साथै ६  उनिहरुका साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत बरामद भएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिए । 
बरामद भएको उक्त रकम नेपाल राष्ट्र बैंक पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK