
काठमाडौँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि १ महिना थप गरेको छ । कोषले रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको देखिएकाले ऐनको दफा २० को उपदफा (३) अनुसार बिहिबार सूचीकरण हुनका लागि १ महिनाको समय थप भएको सूचना प्रकाशित गरेको हो ।
सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो ।
हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्