Skip to content
LAXMI SUNRISE BANK

सरकारद्वारा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि १ महिना थप !

अर्थ सरोकार

काठमाडौँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि १ महिना थप गरेको छ ।  कोषले रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको देखिएकाले ऐनको दफा २०  को उपदफा (३) अनुसार बिहिबार सूचीकरण हुनका लागि १ महिनाको समय थप भएको सूचना प्रकाशित गरेको हो ।
सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो ।
हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK