×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ क्यापिटलको बदमासी : लगानीकर्ताको पैसामाथि खेलबाड गरेर उल्टै दादागिरी, धितोपत्र बोर्डले थाल्यो अनुसन्धान

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ क्यापिटलको बदमासी : लगानीकर्ताको पैसामाथि खेलबाड गरेर उल्टै दादागिरी, धितोपत्र बोर्डले थाल्यो अनुसन्धान

२४ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्ड ‘सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम’का इकाईधनीहरुमाथि क्यापिटलले मनपरी गरेको खुलासा भएको छ । इकाईको म्याद सकिएपछि दिइने रिटर्नमा मनपरी गरेर क्यापिटलले हदैसम्मको बदमासी गरेको खुलासा भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणअनुसार क्यापिटलले इकाईधनीहरुलाई फरक-फरक दरले पैसा पठाएको छ । जवकी सबैलाई पठाउनुपर्ने रकम उही हुनुपर्छ । सिद्धार्थले यतिसम्म लापरवाही गरेको छ कि उसले कति रुपैयाँ ‘रिटर्न’ दिने हो भन्नेसमेत पनि कतै पनि ‘डीस्क्लोजर’ गरेको छैन । तर यसबारे लगानीकर्ताले फोन गर्दा भने क्यापिटलले इकाईधनीले पाउने फिर्ता रकमको इकाई दर ११.४९ रहेको बताईरहेको छ । तर मनपरी ढंगले क्यापिटलले कतिपय इकाईधनीलाई १८.४९ का दरलेसमेत पैसा पठाएको देखिन्छ । कतिपय इकाईधनीहरुलाई १२.४९ कतिलाई ११.५० गरी क्यापिटलले मनलाग्दी ढंगले पैसा पठाएको देखिन्छ । उक्त म्युचुअल फण्डले प्रति इकाई १० का दरले रकम उठाएको थियो ।
मनपरी पैसा पठायो, गैरकानुनी ढंगले पैसा फिर्ता लग्यो !
क्यापिटलले विभिन्न इकाईधनीहरुलाई मनपरी ढंगले पैसा मात्र पठाएको छैन, लगानीकर्ताको खाताबाट गैरकानुनी रुपमा पैसा फिर्ता पनि लागेको छ । कसैको खातामा गएको बढी पैसा उसलाई जानकारी नै नदिइ फिर्ता लगिएको छ । ‘यो सरासर गलत काम हो । यो कानुन विपरित छ । मेरो खाताको मलाई नै नसोधी फिर्ता लैजान मिल्छ र ?’ एक इकाईधनीले अर्थ सरोकार डटकमसँग भने, ‘कतिपयले त पैसा झिकिसकेका छन् । अव उनीहरुलाई के आधारमा पैसा माग्न मिल्छ क्यापिटलले ? लगानीकर्ताले पैसा फिर्ता गरेनन् भने के हुन्छ ? यसरी आफ्नो खातामा आएको पैसा चलाईसकिएको भए कसरी फिर्ता गर्ने ? यति हुँदासम्म पनि क्यापिटल किन एक पटक पनि माफी माग्न आवश्यक ठान्दैन । इकाईधनीले पाउनुपर्ने रकम कतिका दरले हो भन्ने कुरा किन स्पष्ट छैन ? यो लापरवाहीको हद हो ।’ उनले भने । उनका अनुसार क्यापिटलले ठुलो रिटर्न दिन्छु भनेर म्युचुअल फण्डमा लगानी गराएको थियो । तर पाइएको थोरै रिटर्नमा पनि यो हदसम्मको मनपरी गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन् ।

सिद्धार्थविरुद्ध राष्ट्र बैंकदेखि धितोपत्र बोर्डसम्म मुद्धाको तयारी, धितोपत्र बोर्ड पनि रमिते !
यता आफ्नो पैसामाथि सिद्धार्थ क्यापिटलले मनपरी गरेको भन्दै लगानीकर्ता आक्रोशित छन् । कतिपय लगानीकर्ताहरुले आफुले त्यहाँबाट जति पठाएको भएपनि पैसा चलाईसकेकाले उसले भन्ने बित्तिकै पैसा फिर्ता गर्न नसक्ने बताईरहेका छन् । केहि लगानीकर्ताहरुले भने कम्पनीको मनपरी हद भएको भन्दै नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डमा उजुरी गर्ने बताएका छन् । खातामा रहेको पैसा विना जानकारी लगियो भन्ने कारणमा नेपाल राष्ट्र बैंक र क्यापिटलको मनपरीले हद नाग्दा पनि कारवाही नगरेको भन्दै कारवाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी गर्ने तयारीमा लगानीकर्ताहरु छन् । उनीहरुले सिद्धार्थ यस्तो बदमासी गर्ने क्यापिटलको लाइसेन्स खारेज गर्नसमेत माग गरेका छन् । 
सामाजिक सञ्जालमा तिब्र आक्रोश !
यो विषयलाई लिएर अहिले सेयर बजारसम्बन्धि सामाजिक संजालका ग्रुपहरुमा तातो बहस सुरु भएको छ । कतिपयले नेतृत्वले जांड खाएर खातामा पैसा पठाएकोसमेत आरोप लगाएका छन् । ‘जसरी पैसा आयो, त्यसरी नै गयो । मेरो खातामा पैसा आउँछ, तर जाँदा मेरो अनुमति छैन भने यो हदसम्मको लापरवाही भएन र ?’ सामाजिक संजालमा बहस सुरु भएको छ । लगानीकर्ताहरुले आफ्नो खाताबाट पैसा जाँदासमेत आफुलाई नसोधिएको प्रति तिब्र आक्रोश जनाएका छन् । उनीहरुले यस्तै हो भने बैंकमा पैसा राख्नुको के अर्थ भयो र ? भनेरसमेत प्रतिप्रश्न गरेका छन् । 

के भन्छ धितोपत्र बोर्ड र कम्पनी ?
यस विषयमा हामीले धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीलाई सोधेका थियौं । उनले लगानीकर्ताको व्यापक गुनासो आएपछि धितोपत्र बोर्डले यस विषयमा अनुसन्धान सुरु गरिसकेको बताएका छन् । ‘हामीसम्म यो प्रकरणबारे जानकारी आएको थियो । हामीले अनुसन्धान सुरु गरिसकेका छौं । कुरा के रहेछ भन्ने सोमबार थाहा हुन्छ ।’ उनले भने । यता क्यापिटलका सीइओको फोन विहानदेखि सम्पर्क हुन नसकेपछि हामीले क्यापिटलका प्रतिनिधि प्रत्या रत्न शाक्यलाई फोन गरेका थियौं । उनी फोन अफ गरेर बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: