
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति रोक्का गरेको छ । पूर्वप्रमुख बस्न्यातले अनियमितता गरेको देखिएपछि विभागले उनको सम्पत्ति रोक्का गरेको हो ।
भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफै गैरकानुनी सम्पत्ति आजनमा ‘मुछिएको सम्भवतः यो पहिलो घटना हो । विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ।
सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ,’ -प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको बिफिडमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकबाट साभार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्