×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

PRIME CA
GLOBAL IME BANK

तीन वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

१५ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तीन वाणिज्य बैंकले बचत र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । तीनै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा सबै बैंकको ब्याजदर समान रहेको छ । 
नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा जनता, सनराइज र नबिल बैंक रहेका छन् । मुद्दति निक्षेपमा ब्याजदर समान रहे अनुसार व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।
तिनै बैंकको मुद्दति निक्षेपमा ब्याजदर समान रहे पनि बचतमा भने तिनै बैंकको ब्याजदर फरक फरक रहेको छ ।

हेनुहोस् कुन बैंकको बचत र कर्जाको ब्याजदर कति छ ?
जनता बैंक
जनता बैंकले बचतमा सबैभन्दा धेरै ६.५० प्रतिशत ब्याज दिनेछ । जनताका हाल २० वटा बचत खाता सञ्चालनमा छन् । 
जनता बैंकले असोज मसान्तसम्मको आधार दर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तको आधार दर १०.१३ प्रतिशत रहेको छ । जनताबाट कर्जा लिँदा सबैभन्दा बढी १६.१३ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ भने टर्म लोन, हाउजिङ लोन, अटो लोन, शैक्षिक धितो कर्जा, सेयर धितो कर्जा लिँदा१६.१३ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

सनराइज बैंक
यस बैंकले बचतामा सबैभन्दा बढी ६ प्रतिशत र न्यूनतम ४ प्रतिशत ब्याज दिनेछ । हाल सनराइजका १७ किसिमका बचत खाता सञ्चालनमा रहेका छन् । 
सनराइजले पनि मसान्तसम्मको आधारदर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ९.९७ प्रतिशत रहेको छ । यस बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १५.९७ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ भने रियल स्टेट, घर कर्जा, शैक्षिक धितोकर्जा, कृषि कर्जा, सुन धितो राखेर कर्जा लिँदा १५.९७ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । 

नबिल बैंक
नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत  र न्यूनतम ३.७५ प्रतिशत ब्याज दिने भएको छ ।  हाल यस बैंकका १७ किसिमका बचत खाता सञ्चालनमा छन् । यस्तै बैंकले असोज मसान्तसम्मको आधारदर पनि सार्वजनिक गरेको हो । बैंकको असोज मसान्तसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । 
नबिलबाट कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने छ भने सोहि बैंकबाट अन्य प्रकारका कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । यस्तै शैक्षिक धितोकर्जा १२.९४ अटो लोन १२.९४, विद्युतीय सवारी साधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: