×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको खुद नाफा ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

PRIME CA

बैंक अफ काठमाण्डूको खुद नाफा ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

२९ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा खुद नाफा ३८ करोड ३७ लाख २५ हजार रुपैयाँमा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन गत वर्षको तुलना खुद नाफा ०.८०% ले घटेको हो । गत वर्षको सोहि अवधिमा बैंकले ३८ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै  बैंकको वितरण योग्य नाफा १८ करोड ७६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ८४ पैसाले घटेर १९ रुपैयाँ ०४ पैसामा आएको छ । 
बैंकको प्रतिसेयर आम्दानी घटेता पनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ । यी दुई सूचक क्रमशः ११.३२% र ०.०७% ले बढेका हुन् । यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानीमा पनि सामान्य सुधार आएको छ । 
बैंकको सिसिडि रेसियो ७५.५९% पुँजीकोष अनुपात १४.२९%, खराब कर्जा १.७३%, आधार ब्याजदर १०.०२%, कोषको लागत ७.२९% र स्प्रेड रेट ५.१७% रहेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७५ पैसा रहेको छ । ८ अर्ब ६ करोड ३१ लाख १ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ४४ करोड ७३ लाख ७ हजार जम्मा गर्न सफल भएको छ । 
बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १७% लाभांश प्रस्ताव गरेको छ । जसमा ११% नगद लाभांश र ६% बोनस सेयर रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: