Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंकको वित्तीय विवरण : खुद नाफा ३५.३३% ले बढ्दा खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३७ करोड ८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा रकम गत वर्षको भन्दा ३५.३३% ले धेरै हो । गत वर्ष बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा मात्र कमाएको थियो । असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा १८ करोड ७ लाख ९९ हजार रुपैयाँ छ । 
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकका यी दुई सूचक क्रमशः ११.४७% र ३३.१९% ले बढेका हुन् । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ २९ पैसा रहेको छ ।
बैंकको निक्षेप संकलन भने १.७९% ले घट्दा कर्जा लगानी १.७४% ले बढेको छ । बैंकले ६१ अर्ब २४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकले ६१ अर्ब २४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK