×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको खुद नाफा १४.१०% ले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

PRIME CA

सिभिल बैंकको खुद नाफा १४.१०% ले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

२९ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सिभिल बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १४.१०% ले कम हो । गत वर्ष सिभिलले १८ करोड ५० लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो प्रथम त्रैमाससम्मको बैंकको वितरण योग्य नाफा २ करोड ९८ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
यो असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.८१% ले बढेको छ । गत वर्ष ५८ करोड ६४ लाख रुपैयाँ  खुद ब्याज आम्दानी गरेको बैंकले या वर्ष बढाएर ६० करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, बैंकको सञ्चालन नाफा भने १६.३५% घटेको छ । सञ्चालन नाफा २७ करोड १ लाख रुपैयाँबाट घटेर २२ करोड ५९ लाख रुपैयाँमा खुम्चिएको छ । 
सिभिलले निक्षेप संकलन ८.८३% र कर्जा लगानी ५.३५% ले बढाउन सफल भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ भने रिजर्भमा १ अर्ब ६० करोड रुपैयाँ छ । बैंकको खराब कर्जा ०.१३% ले घटेर २.९३% मा खुम्चिएको छ । गत वर्ष खराब कर्जा ३.०६% थियो । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ १२८.७७ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: