Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकको खुद नाफा ९.०७% ले बढ्दा अन्य महत्वपूर्ण सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ९.०७ % ले बढाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएर ६९ करोड ८ लाख ६८ हजार  रुपैयाँ कमाएको छ । 
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकका यी दुई सूचक क्रमश : ९.३०% र ९.०८% बढेका छन् । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ११.९७% र ६.०२% ले बढेको छ । बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड निक्षेप सङ्कलन गरी १ खर्ब ९ अर्ब ५३ करोड कर्जा लगानी गरेको छ । 
बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८७ पैसाले बढेर ३४ रुपैयाँ ४३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ३३ पैसा रहेको छ । ८ अर्ब १० करोड ६८ लाख चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख सञ्चित गरेको छ। एभरेष्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई २५% लाभांश प्रस्ताव गरेको छ । जसमध्ये २०% नगद लाभांश र ५% बोनस सेयर रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK