
शुक्रबार मण्डलले आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी हरि प्रसाद घिमिरेले बताएका छन् ।
घिमिरेका अनुसार जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेर नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवास ल्याइने पनि घिमिरेले बताए ।