Skip to content
LAXMI SUNRISE BANK

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस ! (सूचीसहित)

अर्थ सरोकार

काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले १५ न्यायाधीशको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा जिल्ला न्यायाधीश, सरकारी वकिल  र नेपाल बारबाट रहेका  छन् ।
न्यायपरिषद् सचिवालयका अनुसार जिल्ला न्यायाधीशबाट ६, अधिवक्ताबाट ८ र न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतबाट १ गरी १५ जना नियुक्तिका लागि सिफारिस गरेको छ । 
जिल्ला न्यायाधीशहरू किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरीश्वर भण्डारीलाई उच्च अदालतका लागि सिफारिस गरिएको छ । न्यायाधीश किरण पोखरेल उच्च अदालत विराटनगर ओखलढुंगा इजलास, श्रेष्ठ सुर्खेत जुम्ला इजलास, पाण्डे पोखरा बाग्लुङ इजलास, अधिकारी जनकपुर राजविराज इजलास, रमेशराज पोखरेल जनकपुर वीरगन्ज इजलास र भण्डारी उच्च अदालत विराटनगरका लागि सिफारिस भएका हुन्।
त्यस्तै न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतमध्येबाट गीताप्रसाद तिम्सिना उच्च अदालत जनकपुर राजविराज इजलासका लागि सिफारिस भएका हुन् । अधिवक्तामध्येबाट मिलनकुमार राई (भोजपुर) उच्च अदालत दीपायल, राजुराम सिलवाल (चितवन) उच्च अदालत विराटनगर, ओखलढुंगा इजलास, मेरिना श्रेष्ठ (डोटी) उच्च अदालत तुलसीपुर, मीना गौतम सेढाईं (मोरङ) उच्च अदालत पाटन, सोमकान्त मैनाली (चितवन) उच्च अदालत विराटनगर, धनकुटा इजलास, देशबहादुर सार्की (भोजपुर) उच्च अदालत तुलसीपुर, बुटवल इजलास, रेखा थापा पाण्डे (सुनसरी) उच्च अदालत पाटन, किरण कुमारी गुप्ता (सप्तरी) उच्च अदालत पोखराका लागि सिफारिस भएका हुन् । 
यस्तै बैठकले उच्च अदालतका आठ न्यायधीशको सरुवा समेत गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK