काठमाडौँ । मंसिर १ गते सार्वजनिक विदा हुने भएको छ । गोरखाको शहीदलखन गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंसिर १ गते अर्थात आउदो आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले गुठी पञ्चमीको अवसरमा मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालयहरुलाइ मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।