काठमाडौं – कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १८.७७% लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति को ४२३औँ बैठकले १६% बोनस सेयर र २.७७% नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल १८.७७% लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ४० करोड ३३ लाख १ हजार ७६० रुपैयाँ बराबरको बोनस सेयर र ६ करोड ९८ लाख २१ हजार २१ हजार ६१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २ अर्ब ९२ करोड ३९ लाख ३७ हजार पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्