
काठमाडौँ– स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका उनको अप्रेसनको तयारी भइरहेको डा. अरुण सायमीले बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्