
चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको वोमी लघुवित्तले हाल ३२ जिल्लामा आफ्नो सेवा दिंदै आइरहेको छ भने काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्त १० जिल्लामा सेवा दिंदै आइरहेको छ ।
मर्जरपछि संस्थाको नयाँ नाम बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्तको कार्यालय नै हुनेछ । उक्त संस्थाको सीईओमा बोमी लघुवित्तका हालका सीईओलाई नै नियुक्त गरिनेछ ।
