Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो १८ करोड ५८ लाख रुपैयाँ खुद नाफा !

अर्थ सरोकार

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्दश्येले खोलिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  बैंकले यस अवधिमा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा सो अवधिसम्ममा १८ करोड ५७ लाख ७६ हजार रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यस पूर्वाधार विकास बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष ९७ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकले सो अवधिसम्ममा २५ करोड निक्षेप सङ्कलन गरी ८ करोड ४४ लाख कर्जा लगानी गरेको छ ।
बैंकले ३१ करोड २४ लाख ५९ हजार खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा २६ करोड ४० लाख ९० हजार रहेको छ। यस्तै बैंकले १२ करोड ५९ लाख विभिन्न धितोपत्रहरुमा लगानी गरेको छ।  पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ फागुन २२ गते औपचारिक उद्घाटन गरेका थिए।
हाल १२ अर्ब रहेको बैंकले ८ अर्बको सार्वजनिक निष्काशनमार्फत चुक्ता पुँजी २० अर्ब पुर्याउनेछ । बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहनेछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK