
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ८५ करोड ५० लाख रपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ सय ८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत विक्री गर्न लागेको हो ।
९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँ र १ सय ८२ दिनको लागि १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र बैंकले ९१ दिन अवधिको ट्रेजरी बिल आगामी फागुन ६ गते र १ सय ८२ दिन अवधिको २०७७ जेठ ६ गते परिपक्व हुने पनि जनाएको छ ।
उक्त ट्रेजरी बिलमा लगानी गर्न इच्छुकले सोमबार मध्याह्न २ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सक्ने छन् । ट्रेजरी बिल मंसिर ३ गते मंगलबार जारी हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्