×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.७२% ले नाफा घटेको नेपाल एसबीआई बैंकको प्रति सेयर आम्दानी कति ?

PRIME CA

१०.७२% ले नाफा घटेको नेपाल एसबीआई बैंकको प्रति सेयर आम्दानी कति ?

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबीआई बैंकले खुद नाफा १०.७२% ले गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष यसै अवधिमा ४८ करोड ९७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ४३ करोड ७२ लाख ३० हजार रुपैयाँ मात्र नाफा कमाएको हो । 
यस्तै नेपाल एसबीआईको अधिकांश वित्तीय सूचकमा गिरावट आएको छ । बैंकको दुई सूचक खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि २.२९% र १०.३७% ले गिरावट आएको छ । 
यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ३१ करोड ९१ लाख ५१ हजार रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी ३ रुपैयाँ ६५ पैसाले घटेर २० रुपैयाँ ७० पैसामा कायम भएको छ । यस्तै प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा छ भने  खराब कर्जा ०.१७% रहेको छ ।
बैंकले ९९ अर्ब ७० करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६.८४% लाभांश दिने घोषणा गरेको छ । जसमा ६% बोनस सेयर र १०.८४% नगद लाभांश रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: