×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कान्छा सीइओको ‘कमाल’ : पहिलो त्रैमासमै बैंकलाई पुर्याए ‘अर्ब-क्लबमा’ (अन्य विवरणसहित)

PRIME CA

कान्छा सीइओको ‘कमाल’ : पहिलो त्रैमासमै बैंकलाई पुर्याए ‘अर्ब-क्लबमा’ (अन्य विवरणसहित)

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कान्छा सीइओ रोशन न्यौपानेले एनआइसी एसिया बैंकमा कमाल देखाएका छ । न्यौपानेको नेतृत्वमा चलिरहेको एनआइसी एसियाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित भएको छ । न्यौपानेले बैंकलाई पहिलो त्रैमासमै ‘अर्ब-क्लबमा’ पुर्याएका छन् । 
तीन महिनाको अवधिमा बैंकले खुद नाफा  ३४.१३% ले बढाएर  १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यसैअवधिमा बैंकले ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३४.६५% ले बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी  भने  १.२२% ले घटेको छ । त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले बढेर ४० रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा रहेको छ । 
असोजसम्ममा बैंकले  खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५८ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल गरेको छ । चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ रहेको एनआईसीले जगेडा कोष ३ अर्ब ९८ करोडबाट ४ अर्ब ५० करोडमा बढेका छ । 
असोज मसान्तमा बैंकको खराब कर्जा अनुपात ०.४५%, कोषको लागत ६.९९% र आधार दर ९.५१% रहेको छ । यस अवधिमा बैंकको कोषको लागत, आधारदरमा सुधार भएको हो ।
एनआइसीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५२% लाभांश दिएको छ । जसमा ११.०५२% नगद र १०% बोनस सेयर रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: