
काठमाडौँ । ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ । महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजे देखि एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिन धर्नामा समेत बस्नु परेको बताएका छन् । महासंघका अध्यक्ष रबी सिंहले सो नियमावली संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाउनु भएको प्रतिवद्धता ४ महनिा पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानु परेको बताउनुभयो । उहाँले आफूहरुको सो माग पूरा नभए विकास, निर्माणका कामहरु ठप्प हुने चेतावनी पनि दिनुभयो ।
महासंघले नियमावली संशोधन नभए दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठुला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्णरुपमा ठप्प पार्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्