×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारितको मुख्य एजेन्डासहित प्रभु बैंकले बोलायो मंसिर ६ गते साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

PRIME CA
GLOBAL IME BANK

लाभांश पारितको मुख्य एजेन्डासहित प्रभु बैंकले बोलायो मंसिर ६ गते साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

 पालुङटार
काठमाडौं – प्रभु बैंक लिमिटेडले मंसिर ६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकले १६% बोनस सेयर र कर तिर्न ०.८४२% नगद लाभांश वितरण गर्ने लागेको हो । प्रभुले सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ । 
यस्तै बैंकले साधारण सभा गर्न कात्तिक २६ गतेदेखि बुक क्लोज गर्ने भएको छ भने कात्तिक २५ गतेसम्म कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश दाबी गर्न पाउनेछन् ।  बैंकले ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ चुक्ता पुँजीमा १६% बोनस सेयर लाभांशको रुपमा वितरण गर्न लागेको हो । बोनस वितरणपछि पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।
साधारण सभामा प्रभुले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि लैजानेछ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: