×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफा कमाउनेमा सबैभन्दा पहिलो बन्यो राष्ट्रिय वाणिज्य बैंक, अन्य सूचकको अवस्था कस्तो ?

PRIME CA

नाफा कमाउनेमा सबैभन्दा पहिलो बन्यो राष्ट्रिय वाणिज्य बैंक, अन्य सूचकको अवस्था कस्तो ?

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा खुद नाफा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार कमाउन सफल भएको छ ।  यो नाफा गत वर्षको तुलनामा ०.७५ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले  १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो।
राष्ट्रिय वाणिज्य बैंकले अन्य वाणिज्यहरुलाइ खुद नाफामा उछिन्दै सबै भन्दा धेरै नाफा कमाउन सफल भएको छ । त्यसपछि नबिल बैंकले १ अर्ब १२ करोड ३५ लाख मुनाफा आर्जन गरेको छ भने एनआईसी एशिया बैंकले १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ कमाउन सफल भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको यस अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दनीमा १२.९८% ले गिरावट आएसँगै सञ्चालन नाफा भने १.४४% ले बढेको छ । असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ छ । 
बैंकले निक्षेप संकलन र कर्जा लगानी क्रमशः १४.१३% र १५.६७% ले बढाउदै १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा लगानी गर्न सफल भएको छ । 
बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ छ । बैंकको जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख छ । बैंकको स्प्रेडदर ५.९८%,  खराब अनुपात ३.५०%, पूँजीकोष अनुपात १३.९५%, कर्जा निक्षेप अनुपात ७१.९७%, र आधार दर ६.६% रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: