
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन सबै बैंकहरु तयार भएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार तयार रहेको सन्देश दिएपछि बैंकर संघका प्रतिनिधि कोषमा सहभागी हुन तयार भएका हुन । मन्त्री विष्टले नै बैंकका प्रतिनिधिसँग अन्तरक्रिया गरेर कोषमा सहभागी हनु अनुरोध गरेका थिए ।
कार्यक्रममा मन्त्री विष्टले संविधानले गरेको व्यवस्था र सरकारले संसदबाट पारित गरेको कार्यक्रममा बैंक तथा वित्तिय क्षेत्र समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षा पनि प्रकट गरे । मन्त्री विष्टले सामाजिक सुरक्षा कोष नेपालमा नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको हुनसक्ने भन्दै आम श्रमिकको जीवनलाई सुरक्षा दिने ऐतिहासिक कार्यक्रम सरकारले कार्यान्वयनमा ल्याएको बताए ।
कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विभिन्न क्षेत्रबाटआएका गुनासालाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लगिनुपर्ने बताए । साथै उनले सामाजिक सुरक्षा कोषमा सहभागीहुने प्रतिवद्धता व्यक्त गरे । सहभागी अन्य पदाधिकारीले पनि सामाजिक सुरक्षा कोषामा आबद्ध हुने प्रतिवद्धता जनाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्