
यसो त उनले यसअघिदेखि नै मन्त्रीका लागि उपसभामुख नछाड्ने बताउँदै आएकी छिन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट पनि गरेका थिए ।
मन्त्रिमण्डल हेरफेरबारे छलफल गरी नाम नाम बुझाउन अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति कार्यालयमा रहेकाबेला प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उपसभामुखको राजीनामा सचिवालयमा नआएको बताए।