
काठमाडौं । उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेका छन । सुध्रिने मौकासमेत नदिई पूर्व अर्थराज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गर्दै बिहिबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन । उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्नेलगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन सो मौन जुलुससहितको शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा करोडौं ठगी गरेको आरोपमा गत कार्तिक २१ गते बिहिबार पक्राउ गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको आह्वानमा आयोजना गरिएको मौन जुलुसमा व्यवसायीहरुले व्यवसायीहरुलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका थिए । हेनुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्