×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रान्तिकारी पत्रकार सङ्गठनको केन्द्रीय समिति बैठक सम्पन्न, के-के भए निर्णय ? (विज्ञप्तिसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्रान्तिकारी पत्रकार सङ्गठनको केन्द्रीय समिति बैठक सम्पन्न, के-के भए निर्णय ? (विज्ञप्तिसहित)

४ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा शसक्त आवाज उठाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराए नगराएबारे मिडिया हाउसहरुमा अनुगमन गर्ने, श्रमजीवी पत्रकारहरुका हकहितको बिषयमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने, साथै देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा विचार–गोष्ठी, छलफल, अन्तरक्रिया, प्रर्दशनलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
संगठनद्वारा जारी भएको विज्ञप्तिमा आगामी चौथो राष्ट्रिय सम्मेलनको तयारीका लागि एसोसिएट, प्रतिष्ठान, प्रदेश र जिल्लाहरुको भेला, सम्मेलन आगामी चैत्र मसान्तसम्म सम्पन्न गर्ने, देशव्यापी रुपमा “दुई महिने संगठन सुदृढ तथा शुद्धिकरण अभियान” संचालन गर्ने र देशका ७ बटा प्रदेश र उपत्यकासहित ८ वटा प्रदेश (व्यूरो)का संयोजक र सदस्यहरुको जिम्मेवारी ठोस गर्नेलगायतका निर्णय समेत गरेको उल्लेख छ ।
यस्तै सीमा अतिक्रमण, राष्ट्रियता, जनतन्त्र, जनजीविका, प्रेस तथा नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र श्रमजीवी पत्रकार, मजदुरका हकहितलगायतका बिषयमा देशका सातै प्रदेशका विभिन्न शहरहरुमा छलफल, गोष्ठी, अन्तरक्रियासहित संघर्षका कार्यक्रम गर्ने तथा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा हुने आगामी निर्वाचनमा भाग लिने र त्यसको तयारीका लागि अन्य संघ/संगठनहरुसँग मोर्चाबन्दीका लागि छलफल गर्नेलगायतका अन्य निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेनुहोस्, क्रान्तिकारी पत्रकार सङ्गठनको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु जस्ताको तस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: