
काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले सिटिजन्स बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेका दुई जनालाई पक्राउ गरेको छ । बैंकको चन्द्रागिरी नगरपालिका-७ थानकोट शाखाको एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा प्रहरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ पर्नेहरूमा वर्ष २४ का चित्र बहादुर शाही र वर्ष २० का नन्दराज धराल रहेका छन्। शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु बरामद गरेको छ।
शाही र धरालले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएको प्रहरीले जानकारी दिएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्