
काठमाडौँ । स्थापनाकाल देखि नै अनेक विवादमा आइरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रति’बन्धित धन्दा’को झुटो प्रचार गरिरहेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि कम्पनीले उक्त झुटो प्रचारलाई सच्याएको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्ने बीमा कम्पनीहरुको संस्थागत एजेन्टको कामलाई प्रतिबन्ध लगाए पनि सिटिजन्स लाइफले भने यसको प्रचार गरिरहेको थियो । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘वेबसाइट’ मा ‘कर्पोरेट एजेन्ट्स’ को नाम दिएर बीमा गर्नका लागि सम्झौता गरिएका बैंकहरुका नाम उल्लेख गरी राखेको खबर अर्थ सरोकारले सार्वजनिक गरेकै दिन कम्पनीले उक्त भ्रामक जानकारी हटाउने निर्णय गरेको थियो ।
अर्थ सरोकार डटकमले सिटिजन्स लाइफ इन्स्योरेन्सको वेव साइटमा भएको भ्रामक जानकारीसहितको समाचार ब्रेक गरेको थियो ।

अहिले कम्पनीको वेव साइटमा कर्पोरेट एजेन्ट्स भन्ने देखिन्दैन ।
हेर्नुहोस् अर्थ सरोकार डटकमले यस अघि प्रकाशित गरेको समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्