Skip to content
LAXMI SUNRISE BANK

‘प्रतिबन्धित धन्दा’को झुटो प्रचार गर्दै सिटिजन्स् लाइफ इन्स्योरेन्स, सूचना अधिकारीको गैरजिम्मेवार जवाफ (प्रमाणसहित)

अर्थ सरोकार

काठमाडौँ । स्थापनाकाल देखि नै अनेक विवादमा आइरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रति’बन्धित धन्दा’को झुटो प्रचार गरिरहेको फेला परेको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्ने बीमा कम्पनीहरुको संस्थागत एजेन्टको कामलाई प्रतिबन्ध लगाए पनि सिटिजन्स लाइफले भने यसको प्रचार गरिरहेको पाइएको हो । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘वेबसाइट’ मा ‘कर्पोरेट एजेन्ट्स’ को नाम दिएर बीमा गर्नका लागि सम्झौता गरिएका बैंकहरुका नाम उल्लेख गरी अहिलेसम्म पनि राखेको छ । राष्ट्र बैंकले नै प्रतिबन्धित गराएको यस्तो कामलाई सिटिजन्स लाइफले सार्वजनिक रुपमा वेव साइटमा राखेर जनताको आँखामा छारोमात्र हालेको छैन, नियामकप्रति अटेरीपनाको हद गरेर दादागिरीसमेत देखाएको छ । बैंकहरुले बैंकको काम भन्दा पनि बिमाको काम बढी गर्न थालेपछि केन्द्रीय बैंकले यस्तो कार्यलाई रोक लगाएको थियो ।
कम्पनीले वेवसाइटमा गरेको झुटो प्रचार

सिटिजन्लेस लाइफ इन्स्योरेन्सले आफ्नो वेव साइटमा १५ वटा वाणिज्य बैंक र विकास बैंकको नाम राखेर आफ्ना कर्पोरेट एजेन्ट भनेर भ्रम छरेको छ । कम्पनीको वेबसाइटमा नेपाल बैंक लिमिटेड, एनसीसी बैंक, कैलाश विकास बैंक, महालक्ष्मी विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक, मुक्तिनाथ विकास बैंक, मेगा बैंक नेपाल, सिटिजन्स बैंक, एनआइसी एसिया बैंक, सेन्चुरी बैंक बैंक अफ काठमाण्डू, गरिमा बिकास बैंक, गण्डकी विकास बैंक र जनता बैंक रहेका छन् । राष्ट्र बैंकले प्रतिबन्धित गरेपनि भित्रभित्रै यस्तो काम भइरहेको त छैन ? भन्ने चर्चा चलिरहेका बेला सिटिजन्सको यस्तो कामले कम्पनी कतिसम्म अटेरी छ र कतिसम्म गलत काम गर्न प्रोत्साहित छ भन्नेसमेत देखाउँछ । 

‘फेरि खुल्छ कि भन्ने कुरा आएकाले बैंकहरुको नाम नहटाएको हुनसक्छ’ : कम्पनी

यता कम्पनीकि सूचना अधिकारीको तर्क भने आज सुनेर भोलि विहान उठ्दा पनि हाँसउठ्ने खालको छ । सुरुमा आफुलाई मलाई यसबारे खासै थाहा नभएको तर्भक गर्ने कम्पनीकी सूचना अधिकारी सोभाना सापकोटाले पछि भनिन्, ‘बिमा समितिबाट संस्थागत एजेन्टको काम अझै हुनसक्ने कुरा आएको हुनाले पनि साइटबाट नहटाएको हुनसक्छ ।’ सूचना अधिकारी सापकोटालाई मौद्रिक नीतिले यो काम रोकेको र राष्ट्र बैंकको स्वीकृति नभई यस्तो काम पुन: सुचारु हुँदैन भन्नेसमेत थाहा नभएको उनको तर्कले देखाउँछ ।
कम्पनीकी सूचना अधिकारी सोभाना सापकोटा

यता सूचना अधिकारीले बीमा समितिबाट कुरा आएकाले वेवसाइटबाट बैंकहरुको लिष्ट नहटाएको हुन सक्ने भन्ने गैरजिम्मेवार जवाफ सुनेपछि हामीले यस विषयमा कम्पनीका कम्पनी सेक्रेटरी दिप बहादुर बिसिलाई सोधेका थियौं । उनले बैंकहरुको लिष्ट हटाउनुपर्ने बताएका छन् । ‘साइटबाट हटाउनु त पर्ने हो तर हटाईएको छैन । अव हटाउँछौँ’ उनले भने । 

यसो त संस्थागत एजेन्टबारे व्यक्ति नै पिच्छे धारणा फरक छ । युनियन लाइफ इन्स्योरेन्सका सिइओ संस्थागत एजेन्टको काम बन्द गर्न नहुने तर्क गर्छन् भने महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओ राष्ट्र बैंकले गरेको निर्णय ठिक भएको बताउँछन् । तर प्रतिबन्धित भइसकेको बेला भने फलानो हाम्रो संस्थागत एजेन्ट हो भनेर वेवसाइटमा राख्नु भने सोर्है आना गलत रहेको तर्क जानकारहरुको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK