Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमइ बैंकको कार्यक्रममा कड्किए गभर्नर, जनतालाई व्यंग्य गर्दै भने, ‘बैंकको पारा देखेर लाज लाग्यो’

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमइ बैंकको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर  डा. चिरञ्जीबी नेपालले बैंकहरुको काम गराई देखेर आफूलाई लाज लागेको बताएका छन् । ‘कसको चेक बुक कसलाई दिने भन्ने समेत थाहा नपाउने बैंकका कर्मचारी कस्ता ?’ गभर्नर नेपालले भने, ‘नियामक निकायको प्रमुख भएकाले मलाई भन्न पनि लाज लागिरहेको छ, तपाईंहरु गम्भीर हुनुस् ।’
गभर्नरले त्यसो भन्दा तत्कालीन जनताबाट आएका उपल्लो तहका कर्मचारी हिस्स बनेका थिए । साथै उनले उद्योगी/व्यवसायीहरुले ब्याजदरका विषयमा धेरै कुरा उठाएको भन्दै  ब्याज स्थिर हुनु राम्रो कुरा भएको बताएका छन् । ‘यहाँ त धेरै व्यवसायीको नै बैंक छ, अनि आफैंले ब्याजदर धेरै भयो भन्नु हुन्छ । ‘ब्याज धेरै भयो भन्नु ठिक हो, तर तपाईहरु पहिले बैंक छाड्नुस अनि भन्नुस् ।’उनले भने। 
गभर्नर नेपालले प्रविधिमा लगानी बढाउन समेत बैंकहरुलाई निर्देशन दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK