Skip to content
LAXMI SUNRISE BANK

बिग मर्जरपछिको बहस : जनता बैंकले ठगेको भन्दै श्रम अदालत पुगेका कर्मचारीको मुद्धा अव के हुन्छ ?

अर्थ सरोकार

काठमाडौँ । मङ्सिर २० शुक्रबारका दिनदेखि ग्लोबल आइएमइ बैंक र जनता बैंक मर्ज भइ ग्लोबल आइएमइ बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको छ । एक भव्य कार्यक्रमका बीच ग्लोबल आइएमइ बैंकले एकिकृत कारोबार सुरु गरेको हो । तर यो कारोबार सुरु भएसँगै अव तत्कालीन जनता बैंकले आफुहरुलाई ठगेको भन्दै अदालत पुगेकाहरुको मुद्धा के हुन्छ भन्ने बहस सुरु भएको छ । जनता बैंकले आफुलाई ठगेको भन्दै अहिले आधा दर्जन बढी मुद्धा श्रम अदालतमा विचाराधीन छ ।  
जनता बैंक छोडेका कर्मचारी भन्छन्, ‘ठुलो बैंकका कर्मचारीको बिचल्ली देख्नुपर्ने भो’
लाखौँ रुपैयाँ बैंकलाई नै बुझाएर जनता बैंक छोडेका कर्मचारीहरु भने यो मर्जरले झन् बढी कर्मचारीहरुको बिचल्ली हुने भयो भन्ने चिन्तामा छन् । ‘जनताले रुवायो भनेर ग्लोबल छिरेका केहि साथीहरु पनि हुनुहुन्छ । त्यहि व्यवस्थापन ग्लोबलमा आउँदा अव जागिर निल्नु न ओकल्नु भएको छ ।   यहाँ पनि अव कर्मचारीको बिचल्ली देखिनुपर्ने भो ।’
श्रम अदालत भन्छ, ‘मुद्धा चलिरहन्छ’
यता श्रम अदालतले भने तत्कालीन जनता बैंकविरुद्ध परेका मुद्धाहरु चलिरहने बताएका छन् । ‘संस्था मर्ज भएर ग्लोबल आइएमइ बैंकमा मिसिएको हो । त्यसैले केहि फरक पर्दैन । यस अघि पनि मर्ज गरिएका बैंकमा मुद्धा हेरेको अनुभव छ हामीसँग। ‘ अदालतका एक अधिकारीले भने, ‘जनता बैंकबिरुद्धमा परेका मुद्धाहरु चलिरहन्छन् ।’ यता ग्लोबल आइएमइ बैंकका थुप्रै कर्मचारी अव जागिर छोड्ने मानसिकतामा रहेको कर्मचारीहरुकै दाबी छ । जनता बैंकका कर्मचारीहरुलाई तलव काटेर कति दुख दिइएको छ भन्ने देखिएकै हो । यहाँ पनि यस्तै अवस्था रहे अव बस्ने स्थिति छैन ।’ बैंकका एक उपल्लो तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।         
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK