काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई २५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १४४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २५% बोनस सेयर र कर प्रयोजनार्थ १.३२% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :