Skip to content
LAXMI SUNRISE BANK

व्यक्तिगत प्रकृतिका कर्जामा कडाई !

अर्थ सरोकार

काठमाडौँ – नेपाल राष्ट्र बैंकले घर तथा गाडी कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई  गरेको हो । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गरेको हो ।  आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।  
नेपाल राष्ट्र बैंकद्वारा जारी भएको सर्कुलर अनुसार कर्जा प्रवाह गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउनुपर्नेछ भने ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK