
बि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका हुन् ।
उनले मंसिर १५ गते मेडिकल कलेको सम्बन्धनका लागि निवेदन दिएपछि द्धारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुष माग गरेको आरोप लगाएका हुन् । उनले उक्त रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेको सम्बन्धन २० करोड रुपैयाँ पाएमात्र दिने प्रस्ताव गरेको आरोप लगाए ।
कार्यकारी निर्देशक प्रसाइले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको समेत बताए । चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रकृया अगाडी बढाउन दिइएको निवेदन कार्यकारी उपाध्यक्षकै कारण दर्ता हुन नसकेको बताए । उनले आफुलाई मेडिकल माफियाको रुपमा प्रचार गरिएको भन्दै अव वास्तविक माफिया देखाउन आफु तयार रहेको बताए । भिडियो हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्