![](https://1.bp.blogspot.com/-vsasg-YZ8gA/Xh1ggiaOzeI/AAAAAAAAHR0/DnqNBI1SdFc6rZlNYcC4n_d_GHQAUaXtgCLcBGAsYHQ/s1600/byaaj.jpg)
काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी दुई बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
दुवै बैंकले निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याजदर दिनेछन् ।
ग्लोबल आइएमईले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत ब्याज तोकेको छ ।
यस्तै बैंकले विभिन्न किसिमका कर्जा पनि दिँदै आइरहेको छ । बैंकबाट ऋण लिँदा सबैभन्दा धेरै १५.४४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत छ ।
यस्तै एनसीसी बैंकले हाल १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले ६.५० र न्यूनतम ३ प्रतिशत ब्याज दिनेछ । बैंकले सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जामा १६.७७ प्रतिशत ब्याज तोकेको छ भने सवारी साधान खरिदका लागि ऋण लिँदा १४.७७ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७ प्रतिशत रहेको छ ।
![](https://4.bp.blogspot.com/-j0B0EeR6jUo/Xh1g7cgLijI/AAAAAAAAHSA/N8jrq_gEmnQZloN3Gcrke7c5chPaHkCwgCK4BGAYYCw/s1600/Global-IME.jpg)
![](https://1.bp.blogspot.com/-I_DEgOYsQh4/Xh1g8cSM2oI/AAAAAAAAHSI/XM79uGNqFsEYmOnfM9G1-Xp25b4X_EacgCK4BGAYYCw/s1600/NCC.jpg)