काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नेत्रबहादुर चौधरीलाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । चौधरी भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार हुन् ।
चौधरीले मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार घुस रकम घुस लिइसकेको अवस्थामा आयोगले बुधबार पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।