×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिंदैन’ : मन्त्री भट्ट (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिंदैन’ : मन्त्री भट्ट (भिडियो रिपोर्ट)

Artha Sarokar

२७ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताउनुभएको छ । नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो । मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडी बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतिकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । 
अमेरिका जस्ता विकसित मुलुकहरुलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उहाँले नेपाललाई चाँहिदैन भन्ने नभएको उहाँको भनाई छ । पहाडीवस्तीहरु र तराईका केही वस्तीहरुमा अझै पनि विद्युतिकरण हुन नसक्दा अहिले पनि टुकि बाल्नुपरेको प्रशंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताउनुभएको हो ।
आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफ लिने ठाउँमा समेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उहाँले बताउनुभयो । उद्योगिहरुले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा पार्टनर बनाएर अगाडी बढ्ने विश्वास मन्त्री भट्टले दिलाउनुभयो । निगमको स्वर्ण जयन्तीका अवशरमा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी