×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा मनपरी : १० मिनेटको अन्तरालमा प्रवक्ताले फेरे कुरा, महुलीको कारोबारमा इन्साइडर ट्रेडिङको आशंका !

PRIME CA

नेप्सेमा मनपरी : १० मिनेटको अन्तरालमा प्रवक्ताले फेरे कुरा, महुलीको कारोबारमा इन्साइडर ट्रेडिङको आशंका !

अर्थ सरोकार

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएर सम्झौताको बुँदा नम्बर ९ (ग) मा ‘सेयर कारोवार रोक्का गर्ने’ भनिएको भएपनि नेप्सेमा बुधबार महुली लघुवित्तको सेयर कारोवार भएकोबारे अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि नेप्सेले बोली फेरेको छ । 
अर्नेथ सरोकारसँग कुराकानी गर्प्सेदै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीली महुली लघुवित्तसँग मर्जर प्रक्रियामा जान लागेको नवीकरण लघुवित्त नन लिष्टेड कम्पनी भएकाले सेयर कारोबार रोक्का गर्न आवश्यक नभएको दावी गरेका थिए । तर समाचार प्रकाशन भएलगत्तै उनले बिहीबारदेखि कारोबार रोक्का गर्ने निर्णय भएको भन्दै फोनमार्फत जानकारी गराए ।
उनले केहि समय अघिमात्र आफुले बोलेको बोली सच्याउँदै गलत बोलिएको स्वीकारे । उनले ढिलो गरी जानकारी आएकाले बुधबार कारोबार खुला भएको दावी गरे । तर नेप्सेमा उक्त पत्र बजार नखुल्दै दर्ता भएको थियो । यहाँनेर नेप्सेकै कर्मचारीको मिलेमतोमा चलखेल भएको हुनसक्ने धेरैको आशंका छ । निकै नै मिडियामैत्री र राम्रा छविका मानिएका प्रवक्ता पराजुलीको पछिल्लो अबुझपना र रबैयाले उनी पनि चलेखेलमै लागेको चर्चा ब्रोकर हाउसहरुमा हुन थालेको छ ।  
उनले बोलेका दुवै कुराको रेकर्ड अर्थ सरोकारसँग सुरक्षित छ  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: