
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुनः काममा फर्किएका छन् । कात्तिक १८ गतेदेखि निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ ७७ दिन अर्थात झन्डै साढे २ महिनापछि पुनः काममा फर्किएका हुन् ।
माघ २ गते सरकारका प्रवक्ता सञ्चार तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै डेपुटी गभर्नर श्रेष्ठलाई सफाई दिएको सूचना सार्वजनिक गरेकोमा सोमबारदेखि पुन: काममा फर्किएका हुन्।
डेपुटी गभर्नर श्रेष्ठले सफाई पाएपछि अर्थमन्त्रालयबाट आइतबार पुनः पदबहालीका लागि पत्र बुझेका थिए ।
श्रेष्ठमाथि एनसेललाई लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा सहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न संयुक्त राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागु गर्न असहयोग गरेकोलगायत आरोप लागेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्