×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले कमायो २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा, निक्षेप संकलन १ खर्ब ९७ अर्ब…

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकले कमायो २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा, निक्षेप संकलन १ खर्ब ९७ अर्ब…

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासममा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । शुक्रबार राष्ट्रिय वाणिज्य बैंककै ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका हुन् ।
यस्तै दोस्रो त्रैमास सम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो । कुल सम्पत्ती २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिनुभयो ।
सीइओ श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताउनुभयो । उहाँले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताउनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: