![](https://1.bp.blogspot.com/-Wh8emCE-Rfg/XhgZfa1FKCI/AAAAAAAAHOA/WjMdZx-jFHMuQpnsS-_IQ5MKVs5aHZpVACLcBGAsYHQ/s1600/dhitoo.jpg)
काठमाडौँ – नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी नि : शुल्क प्रशिक्षण संचालन गर्ने भएको छ । बोर्डले हरेक महिनाको दोस्रो तथा अन्तिम शुक्रबार उक्त तालिम दिन लागेको हो ।
बोर्डका अनुसार तालिममा सहभागी हुन इच्छुकहरुले माघ ८ गते भित्र नाम दर्ता गरिसक्नुपर्नेछ । तालिममा सहभागी हुन फोन र इमेल मार्फत नाम दर्ता गर्न सकिने पनि बोर्डले जनाएको छ । तालिम बोर्डकै सभाहलमा माघ १० गते दिउँसो दिनको १ः३० बजे तालिम आयोजना हुनेछ।
यसो त बोर्डले विगत वर्ष देखिने सर्वसाधारण लगानीकर्ताहरुलाई उक्त तालिम दिँदै आइरहेको छ ।
![](https://3.bp.blogspot.com/-xuR11ceJ128/XhgWpkP-VEI/AAAAAAAAHN4/46XUFkq-Yqc0twnSdZ-O4I-0kyETa7GXQCK4BGAYYCw/s1600/tjDiEbBkUmz4k5g7vfVt9mKpqjzPGrNRfRLRdEUd.jpg)