×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली : १९.५१ अंकले बढेको नेप्से १३२५.३८ विन्दुमा, कारोबार १ अर्व ९६ करोडमाथि

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा हरियाली : १९.५१ अंकले बढेको नेप्से १३२५.३८ विन्दुमा, कारोबार १ अर्व ९६ करोडमाथि

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १९.५१ अंकले बढेर १३२५.३८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९६ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ११ करोड ३६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश प्राइम लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, बिहिबार व्यापार घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: