
काठमाडौँ – जनक शर्मा पौड्यालको नेतृत्वमा चलिरहेको सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १९.१२ प्रतिशत अर्थात १५ करोड १६ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७९ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले खुद नाफा वृद्धि गरेसँगै अन्य महत्वपूर्ण सुचकमा पनि सुधार गरेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफापनि बढेको छ ।
८२ अर्ब १५ करोड निक्षेप सङ्कलन गरेको यस बैंकले ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा २ अर्ब ९३ करोड १० लाख रुपैयाँ जम्मा गरेको छ । र प्रतिशेयर नटेवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यसैगरी बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा प्रतिशेयर आम्दानी १ रुपैयाँ ६१ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ । बैंकको निष्क्रिय कर्जा १.२६ प्रतिशतबाट बढेर १.६९ प्रतिशत पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्